Techie IT
  • १५ जेठ २०८१, मंगलबार
KhojPatrika

स्वरसम्राट नारायण गोपालको सम्झना, संसार छोडेको ३ दशकमा पनि घन्किन्छन् गित संगीत


काठमाडौं । नेपाली आधुनिक गीत संगितको क्षेत्रमा नारायण गोपालको स्थानमा पुग्न जोकोहीलाई मुस्किल छ । उनै स्वर सम्राट नारायण गोपालको सोमबार ३२ औँ स्मृतिदिवस । विभिन्न कार्यक्रम गर्दै उनै स्वार्गिय गोपाललाई स्मरण गरिएको छ । कालजयी गीतका गायक स्वर सम्राट नारायण गोपालले संसार छोडेको ३ दशक भयो । तर, उनका गीत सँगित अझैपनि जिवित नै छन् । नारायणगोपाल गुरुवाचार्य अर्थात् नारायण गोपालको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको थियोे । स्वरसम्राट गोपालले पहिलो पटक पहिलो पटक तबलाबादक भएर प्रस्तुत भई आफ्नो साँगीतिक यात्रा सूरु गरेका थिए ।

अहिले पनि उनको गितमा हरेक नेपाली मंत्रमुग्ध हुने गरेका छन् । गोपालले आफ्नै संगीतमा छ वटा गीत तयार गरेका थिए । ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए । ६ वटै गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकतामा सम्पन्न थियो । यी गीतहरु बजारमा आएलगत्तै नारायण गोपाल एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे । त्यसलगत्तै नारायण गोपालका गीतले विस्तारै नेपाल र नेपालबाहिरका नेपालीको जनस्थानमा प्रभाव जमाउन थालेको थिए । उनी गीत संगितसँग यति नजिक थिए कि उनले सँगित नभए आफ्नो जीवन नै निरस हुने बताउँदथे ।

उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि गुन्जिएका छन् । उनले प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतलाई उच्चता दिए । उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा आकासिँदै गयो । उनले युवा हृदयलाई कोमल तवरले स्पर्श गर्दै प्रेमका, वियोगका र विरहका गीत गाउन थालेपछि नेपाली संगीतमा नायक भएर देखापरे ।

उनकोे गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मितज्यू गोपाल योञ्जनलाई जान्छ । यी दुवैले उनलाई आआफ्नै तवरले सघाएका छन्, एकजनाले राम्रा गीत छान्न र अर्कोले राम्रो गीत गाउन । अन्ततः नेपाली संगीतजगतका एक महान साधक र एक परिपूरक व्यक्तित्व कुल मिलाएर अठ्ठाईसवर्षको निरन्तर गायनमा नारायणगोपालले एकसय सन्तावन्न ओटा गीत गाएको अनुमान गरिएको छ । उनी उनि सांगितीतिक क्षेत्रका धरोहर रहेको कला क्षेत्रका विश्लेषकहरुको बुझाई छ ।

कयौं पुरस्कार तथा सम्मानले सम्मानित भएका गोपाललाई नेपालको स्वरसम्राटको उपाधिले समेत प्रदान गरिएको थियो । आफ्नो सिङ्गो जीवन नै सँगित साधना मा सर्मपित गरेका स्वर सम्राट नारायण गोपालको निधन वि.सं. २०४७ साल मंसिर १९ गते बीर अस्पतालमा भएको थियो । उनको भौतिक शरिर हामीमाझ नरहेपनि उहाँले नेपाली सँगित क्षेत्रमा पुर्याएको योगदान र उनका गितसँगित सदैव हामीमाझ रहनेछन् ।


क्याटेगोरी : कला र मनोरञ्जन, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल, साहित्य
ट्याग : #नारायण गोपाल

तपाईको कमेन्ट लेख्नुहोस्