अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि अनुसन्धान गर्न स्वतन्त्र वकिल नियुक्त
काठमाडौं । अमेरिकी न्याय विभागले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको आपराधिक अनुसन्धानको निरीक्षण गर्न एक स्वतन्त्र वकिललाई नियुक्त गरेको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले ज्याक स्मिथ नामक एक पूर्व युद्ध अपराध अभियोजकलाई सल्लाहकार नियुक्त गरिएको जानकारी दिए ।
उनले ट्रम्पले गोप्य कागजातहरू र क्यापिटल दंगामा कथित भूमिका कसरी ह्यान्डल गरे भन्ने अनुसन्धानको नेतृत्व गर्नेछन् । ट्रम्पले भने आफूमाथिका सबै आरोप अस्वीकार गर्दै आएकाछन । उनले पुनः राष्ट्रपति निर्वाचनका लागि पुनः उम्मेदवारी घोषणा गरेकाछन ।
केही असाधारण केसहरूमा स्वतन्त्र रूपमा अनुसन्धान र अभियोजनको व्यवस्थापन गर्न विशेष अभियोजक नियुक्त गर्नु सार्वजनिक हितमा हुने गारल्याण्डले बताए । उनले यस कदमले अनुसन्धानमा जनताको विश्वास बढाउने बताए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्