बझाङ केन्दबिन्दु भएर ५.४ रेक्टरको भूकम्प
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । बेलुका ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव ४ रेक्टर स्कलेको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ । त्यस्तै, पश्चिमका दाङ, सल्यान, रुकुम, जाजरकोट लगायतका जिल्लामा पनि त्यसको धक्का महसुस गरिएको थियो । स्थानीयहरु त्रासका कारण घरबाहिर निस्केर बसेका छन् ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५.७ र राति ९ बजेर ५६ मिनेटमा ४.१ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परेर ६ जनाले ज्यान गुमाएका थिए ।
मंगलबार देखि सुदुरपश्चिममा निरन्तर भुकम्पको धक्का महसुस भइरहेको छ। बझाङको सदरमुकाम चैनपुर लगाएतका स्थानियहरू खुल्ला ठाउँमा आँगो बालेर बसेका छन्।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बझाङ केन्द्रबिन्दु, #भूकम्प, #भूकम्प मापन केन्द्र
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्