भृकुटीमण्डपमा राखियो एउटै स्टलमा ५० थरीका रोटी
काठमाडौं । तिहारको अवसर पारेर भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेलाको आयोजना गरिएको छ। सुदूरपश्चिमका थर्कबहादुर साहले काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेलाको आयोजना गरेका हुन । उनले वर्षेनी तिहारको अवसरमा रोटी मेला आयोजना गरिने मेला यो वर्ष पनि गरिएको हो ।
मेलामा विभिन्न जातजातिहरूको पर्वमा प्रयोग हुने विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकारहरू प्रदर्शनमा राखिएको छ । मेलाका आयोजक साहले लोप हुँदै गएका नेपाली रैथाने रोटीहरूको संरक्षण गर्नको लागि रोटी मेला आयोजना गरिएको जानकारी दिए । उनले विभिन्न जातजाति अनुसारका रोटीहरूमा पर्यटन तथा ग्राहकहरूको आकर्षण देखेर रोटीको संरक्षणमा लागेको बताए ।
साहले पहिलो पटक रोटी मेला गर्दा २० परिकार भएपनि अहिले थपिएर ५० प्रकारका रोटी प्रदर्शनीमा राखिएको राखे । उनले नेपालमा १०० भन्दा बढी परिकारका रोटीहरू बनाउन सकिने सम्भावना रहेको बताए । पाँचौं रोटी मेलामा सेलरोटी, फिनिरोटी,रातो पुरी (नेवारी), दङ्गाली स्वारि रोटी, सेतो पुरी, भुने रोटी, अनरसा सेतो (दङ्गाली), कागती रोटी, निमकिन रोटी,अनरसा (नेवारी), रोट रोटी, अरसा रोटी, मधेसको मठरी, भक्काने रोटी, कोदोको सेलरोटी, शेर्पा रोटी रिकीकर, सिनकामरि,खुरमा लगायतका रोटीहरू राखिएका छन्।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #५० प्रकारका रोटी, #राष्ट्रिय रोटी मेला, #रोटी मेला
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्