अस्पतालले भन्यो सत्यमोहन जोशीको अवस्था चिन्ताजनक (बिज्ञप्तीसहित)

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको उपचाररत किष्ट अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।
जोशीलाई असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ । मुटुको चालसम्बन्धी समस्या देखापरेकाले सो नियन्त्रणका लागि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
बिज्ञप्ती
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #किष्ट अस्पताल, #जोशीको अवस्था चिन्ताजनक, #सत्यमोहन जोशी
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्