सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते
सल्यान । जिल्लाको कपुरकोटमा बुधबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नेपालगञ्जबाट कपुरकोट ६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा दुर्घटनामा परेको हो ।
जिपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार जिपमा सवार कपुरकोट गाउँपालिका वडा नम्बर ५ र ६ का रहेका थिए ।
बिहेमा नेपालगञ्जबाट फर्किदै गरेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भिर घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर लगिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कपुरकोट ६ जलवाङ, #जिप दुर्घटना
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्