स्वरुपराज आचार्यको आवाजमा सागर उदासले ल्याए नयाँ गीत “गयौ तिमी” (भिडियोसहित)
काठमाडौं । गीतकार सागर उदासले “गयौ तिमी” बोलको नयाँ आधुनिक गीत बजारमा ल्याएका छन् । सागर उदासको शब्द रहेको गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ भने संगीत हरी लम्सालको रहेको छ ।
म्युजिक भिडियोसमेत तयार पारेर सार्वजनिक गीतमा अनिल अधिकारी, पूजा केसी र सुदिप पौडेलले अभिनय गरेका छन् । गीतका निर्माता सुशासन अधिकारी हुन् । गीतलाई Sagar Udas Official युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
तनहुँका गीतकार सागर उदासले यसअघि पनि थुप्रै सफल आधुनिक गीत लेखिसकेका छन् । कवी तथा गजलमा समेत कलम चलाउने सागर उदासले यसअघि एक रचनामा रहेका आभार र रवि गिती एल्बम ल्याइसकेका छन् ।
साहित्यका अलावा तनहुँ जिल्लाको पर्यटन प्रवद्र्वनमा पनि सक्रिय सागर उदास गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष समेत रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्