कलाकार बेनिषा बालापनको यादमा (भिडियोसहित)
काठमाडौं । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको गीत ‘जीवनको पाना’ बजारमा आएको छ । सङ्गीतकार श्रेष्ठले आफ्नै अफिसियल युट्युब च्यानल Golden Creation बाट यो म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् ।
बमकुमार श्रेष्ठको शब्द रचनामा रहेको यो गीतमा बेनिषा पौडेलले स्वर दिएकी छन भने देवेन्द्र नेवाको सङ्गीत संयोजन र प्रकाश मिश्रको मिक्सिङ माष्टरिङ रहेको छ ।
लामो समयपछि शहरबाट गाउँ फर्किएकी एक युवतीले आफ्ना स्वर्गीय बुबा र बालापनका घटनाहरु सम्झिएर कल्पिएको कुरा मार्मिक ढङ्गमा भिडिओमा प्रस्तुत गरिएको छ ।
देवेन्द्र पाण्डेको निर्देशनमा निर्मित यस म्युजिक भिडिओमा बेनिषा पौडेल, राजेन्द्र वाग्ले बाल कलाकार विभूति श्रेष्ठले अभिनय गरेका छन् भने भिडिओमा उत्सव दाहालको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ । भिडिओ गोल्डेन क्रिएशनको प्रस्तुतिमा बजारमा आएको हो ।
भिडियो
क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, देश/दुनियाँ, भिडियो, समाचार
ट्याग : #जीवनको पाना’, #सङ्गीतकार सन्तोष श्रेष्ठ
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्