युरोपियन युनियनले थप प्रतिवन्ध लगाएसंगै युक्रेनको पूर्वी क्षेत्रमा रुसी आक्रमण तीव्र
काठमाडौं । रुसले युक्रेनको पूर्वी क्षेत्रमापुनः आक्रमण तीव्र पारेको छ । युक्रेनी चार शहरमा युद्ध अपराध गरेको भन्दै युरोपेली संघले रुसमाथि प्रतिवन्ध कडा पार्ने घोषणा गरेपछि रुसी फौजले आक्रमण बढाएको हो ।
डोन्चास क्षेत्रमा रुसले स्वतन्त्र राष्ट्र घोषणा गरेका दोनेत्स्क र लुहान्स्क पृथकतावादीहरुको नियन्त्रणमा छन । आक्रमणबाट थुप्रै माानिसहरुको ज्यान गएका रिपोर्टहरु प्राप्त हुन थालेका छन । रुसी फौजले आक्रमणका दौरान बालबालिका तथा महिलामाथि यौन हिंसा समेत गरिरहेको युक्रेनले जनाएको छ ।
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी, विदेशमन्त्री संगेई ल्याभरोस र वरिष्ठ सरकारी अधिकारीमाथि प्रतिवन्ध लगाएको छ । रुसमा नयाँ लगानी माथि समेत प्रतिवन्ध लगाइएको अमेरिकाले जनाएको छ । त्यस्तै, रुसी वित्तिय संस्थाहरु र वरिष्ठ अधिकारीका परिवारमाथि समेत प्रतिवन्ध लगाइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #युक्रेन, #रुसी आक्रमण
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्