भोकमरीका कारण अफगानिस्तानमा विस्थापित हुनेको संख्या बढ्यो
काठमाडौं । अफगानिस्तानमा भोकमरीका कारण विस्थापित हुनेको संख्या बढ्न थालेको छ । केहीको अवस्था चिन्ताजनक रहेको छ । यस्तै केहीले आफ्नो र आफ्ना बालबालिकाको अङ्ग नै बेचेर गुजारा चलाउन थालेका पाइएको त्यहाँको टोलो न्युजले जनाएको छ ।
अफगानिस्तानको उत्तरी प्रान्तमा भोकमरीका कारण समस्या बढ्दै गएको हो । त्यहाँको एक कल्याणकारी समितिले विस्थापित भएका र भोकमरीको चपेटामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । गुजारा चलाउनकै लागि अङ्ग बेच्नु पर्ने बाध्यता नआओस् भन्ने उद्देश्यले समितिले सहयोग गरेको जनाएको छ ।
युद्धको चपेटामा परेकाहरु सबैभन्दा धेरै मारमा परेका छन् । अफगानिस्तानमा मानवीय सङ्कट निम्तिएको भन्दै संयुक्त राष्ट्र सङ्घले यसअघि अन्तर्राष्ट्रिय दातृ निकायलाई सहयोगको ढोका खुला राख्न आह्वान गरेको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्