नेपालको पहिलो द भ्वाइस अफ किड्स बने जेनिस उप्रेती(फोटो फिचर)
काठमाडौं । नेपालको पहिलो द भ्वाइस अफ किड्सको उपाधि जेनिस उप्रेतीले जितेका छन् । टिम प्रमोद खरेलबाट जेनिसले १५ लाख नगद सहित उपाधि जितेका हुन् । हिमालयन टेलिभिजनबाट सञ्चालित रियालिटी सो अन्र्तगत द भ्वाइस किड्स उत्कृष्ट ७ जनालाई पछि पार्दे उनी सफल भएका हुन् । सुमधुर स्वरका धनी जेनिश उप्रेती द भ्वाइस अफ किड्सको फाईनलमा प्रवेश गरेका थिए ।
दर्शकले गरेको भोटिङका आधारमा मकवानपुरका जेनिस उप्रेती पहिलो बनेपछि सबैलाई धन्यवाद दिएका छन् । जेनिस २०६७ हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा जन्मिएका थिए । उनकी आमा केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । जेनिशको बुवा बैदेशिक रोजगारीमा खाडी मुलुकमा छन् ।
टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।
डिजिटल अडिशनमा सहभागी २० हजारमध्ये एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी थिए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका हुन् । द भ्वाईस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी थिए ।
चार बषकै उमेरमा गीत गाउन शुरु गरेका जेनिस अहिले ११ बर्षका छन् । जेनिशका बुबा रोजगारीको शिलशिलामा कुवेतमा बिगत १० बर्षदेखि सवारी चालकको रुपमा कार्यरत छन् । सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रेमश उप्रेतीसंगै चितवनमा बस्दै आएका छन् । उनी अहिले चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल, साहित्य
ट्याग : #जेनिस उप्रेतीले जिते, #द भ्वाइस अफ किड्स
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्