पाकिस्तानको पञ्जाबमा भारी हिमपात‚ २१ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। हिमपातका कारण सवारी साधनहरु फस्दा २१ पर्यटकको मृत्यु भएको हो। त्यस क्षेत्रमा एक हजारभन्दा बढी सवारी साधन फसेको जनाइएको छ।
हिमपात भएको क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको अधिकारीहरूले जनाएको छ। पञ्जाब प्रान्तको आकस्मिक उद्धार एजेन्सीका अनुसार मृत्यु हुनेमा एकै परिवारका ८ सदस्यसमेत छन्। मुर्री क्षेत्रमा हिमपात र वर्षा अझै केही समय जारी रहने बताइएको छ ।
पाकिस्तानका गृहमन्त्री शेख राशिदकाअनुसार उद्धारका लागि अर्धसैनिक बल फ्रन्टियर कोर र रेन्जर्स तथा सैनिक परिचालन गरिएको छ। ठूलो हिमपातका कारण मानवीय क्षति भएपछि पञ्जाबको मुर्री जाने सबै गाडीलाई रोकेर उद्धार र राहतको अभियान चलाइएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्