पाकिस्तानको पञ्जाबमा भारी हिमपात‚ २१ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। हिमपातका कारण सवारी साधनहरु फस्दा २१ पर्यटकको मृत्यु भएको हो। त्यस क्षेत्रमा एक हजारभन्दा बढी सवारी साधन फसेको जनाइएको छ।
हिमपात भएको क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको अधिकारीहरूले जनाएको छ। पञ्जाब प्रान्तको आकस्मिक उद्धार एजेन्सीका अनुसार मृत्यु हुनेमा एकै परिवारका ८ सदस्यसमेत छन्। मुर्री क्षेत्रमा हिमपात र वर्षा अझै केही समय जारी रहने बताइएको छ ।
पाकिस्तानका गृहमन्त्री शेख राशिदकाअनुसार उद्धारका लागि अर्धसैनिक बल फ्रन्टियर कोर र रेन्जर्स तथा सैनिक परिचालन गरिएको छ। ठूलो हिमपातका कारण मानवीय क्षति भएपछि पञ्जाबको मुर्री जाने सबै गाडीलाई रोकेर उद्धार र राहतको अभियान चलाइएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रवि लामिछानेको चुनौतीः देश अन्तिम सुनामीको तयारीमा छ, जो जो मिल्नु छ मिल
- २नयाँ संसद् भवन अगाडि जेन-जी शहीदहरूको सालिक राख्ने सरकारको निर्णय
- ३कांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा नेताहरू (विवरणसहित)
- ४दोलखामा शिवाकोटीको घरदैलो अभियान, मतदाताको राय लिँदै आफ्ना योजना सुनाउँदै
- ५संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्