घानाको संसदमा सांसदहरुको मुड्की हानाहान

काठमाडौं । बिद्युतीय कारोबारमा कर लगाउने सरकारको प्रस्तावलाई लिएर घानामा सत्तारुढ दल र विपक्षी सांसदहरुबीच संसदमा कुटाकुट भएको छ। प्रस्तावअघि बढाउने र रोक्न खोज्ने सांसदहरुबीच धकेलाधकेल र मुड्की हानाहान भएको हो । केहीले भने झगडा रोक्ने कोसिस गरेको दृश्यमा देखिन्थे ।
स्थानीय सञ्चार माध्यमहरुले उपसभामुखल जोसेफ ओसेइ ओवुसु मतदातानका लागि आफ्नो सीटबाट उठ्न खोज्दा विपक्षी दलका सांसदहरुले रोक्न खोजेपछि संसद्मा तनाव सुरु भएको थियो । संसद् अस्तव्यस्त भएपछि उनले बैठक स्थगित भएको घोषणा गरे ।
सरकारले मोबाइल मनी पेमेन्टसहित सबै विद्युतीय कारोबारमा १ दशमलव ७५ प्रतिशत कर लगाउने प्रस्ताव विपक्षी नेसनल डेमोक्रेटिक कंग्रेसले अस्वीकार गर्दै आएको छ। उनीहरुले यस्तो करले न्यून आय भएका व्यक्तिलाई असर गर्ने र कारोबार बैंकिङ च्यानलमा बाहिर कारोबार हुने बताएका छन्। घानाका अर्थमन्त्रीले केन अफोरी अट्राले भने सरकारको प्रस्तावबाट १ अर्ब १५ करोड अमेरिकी डलर कर उठाउन सकिने बताउदै आएका छन् ।
क्याटेगोरी : विदेश, समाचार, सामाजिक सञ्जाल
ट्याग : #संसदमा कुटाकुट
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्