घानाको संसदमा सांसदहरुको मुड्की हानाहान
काठमाडौं । बिद्युतीय कारोबारमा कर लगाउने सरकारको प्रस्तावलाई लिएर घानामा सत्तारुढ दल र विपक्षी सांसदहरुबीच संसदमा कुटाकुट भएको छ। प्रस्तावअघि बढाउने र रोक्न खोज्ने सांसदहरुबीच धकेलाधकेल र मुड्की हानाहान भएको हो । केहीले भने झगडा रोक्ने कोसिस गरेको दृश्यमा देखिन्थे ।
स्थानीय सञ्चार माध्यमहरुले उपसभामुखल जोसेफ ओसेइ ओवुसु मतदातानका लागि आफ्नो सीटबाट उठ्न खोज्दा विपक्षी दलका सांसदहरुले रोक्न खोजेपछि संसद्मा तनाव सुरु भएको थियो । संसद् अस्तव्यस्त भएपछि उनले बैठक स्थगित भएको घोषणा गरे ।
सरकारले मोबाइल मनी पेमेन्टसहित सबै विद्युतीय कारोबारमा १ दशमलव ७५ प्रतिशत कर लगाउने प्रस्ताव विपक्षी नेसनल डेमोक्रेटिक कंग्रेसले अस्वीकार गर्दै आएको छ। उनीहरुले यस्तो करले न्यून आय भएका व्यक्तिलाई असर गर्ने र कारोबार बैंकिङ च्यानलमा बाहिर कारोबार हुने बताएका छन्। घानाका अर्थमन्त्रीले केन अफोरी अट्राले भने सरकारको प्रस्तावबाट १ अर्ब १५ करोड अमेरिकी डलर कर उठाउन सकिने बताउदै आएका छन् ।
क्याटेगोरी : विदेश, समाचार, सामाजिक सञ्जाल
ट्याग : #संसदमा कुटाकुट
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्