मलेसियामा बाढीका कारण १४ जनाको मृत्यु,७० हजार भन्दा धेरै विस्थापित

काठमाडौं । मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले ठूलो जनधनको क्षति गरेको हो । बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् ।
बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक अरु सात वटा प्रान्त बाढीबाट बढी प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ ।
उद्धारकर्ता तथा सरकारी निकायले विस्थापितलाई राहत तथा पुनर्स्थापनका लागि सहयोग वितरण भइरहेको छ । बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका अत्यावश्यक सेवा समेत प्रभावित भएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #मलेसियामा बाढी
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्