बेलायत जाँदै गरेका आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा २७ जनाको ज्यान गयो
काठमाडौं । बेलायत जाँदै गरेका आप्रवासी चढेको च्यानलमा डुंगा दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ । फ्रान्सको कालेइ नजिकै रहेको बेलायती च्यानल पानीको ठूलो बहावयुक्त नहरमा डुंगा डुबेको हो । फ्रान्सेली अधिकारीले बुधबार ३१ जना डुबेको बताएका थिए, तर पछि उनीहरुले मृत्यु हुनेको संख्या २७ रहेको उल्लेख गरेका छन् ।
मृत्यु हुनेमा पाँच महिला र एक बच्चा रहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको बिबिसीले जनाएको छ । फ्रान्सेली तथा बेलायती अधिकारीहरुले हवाई तथा जल मार्गबाट उद्धारको काम गरेका थिए। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताएका छन् ।
बेलायती प्रधानमन्त्री जोन्सन र फ्रान्सका राष्ट्रपछि इम्यानुएल म्याक्रोँले टेलिफोन संवाद गरी आप्रवासीलाई जोखिमपूर्ण यात्रा गराउने समूहलाई रोक्नका लागि सक्दो सबै प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । सन् २०१४ देखि तथ्यांक संकलन गर्न थालिए यता च्यानलमा डुंगा डुबेर यति धेरै संख्यामा ज्यान गएको पहिलो घटना रहेको आप्रवासीका लागि अन्तर्राष्ट्रिय संस्था आइओएमले जनाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #आप्रवासी चढेको, #डुंगा दुर्घटना हुँदा २७
ताजा खबर
- १राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- २अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ३निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति
- ४प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- ५आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे



तपाईको कमेन्ट लेख्नुहोस्