दिल्लीमा सर्बोच्चको सुझावः प्रदूषणको मात्रा बढेकाले लकडाउन गर
काठमाडौं । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा प्रदुषणलाई लिएर दुई दिन लकडाउन गर्न सुझाव दिएको छ । केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा बढेको भन्दै न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले सुझाव दिएको हो । भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डी वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले सुझाव दिएको हो ।
हावाको गुणस्तर मापक सूचकाङ्कलाई कम्तीमा दुई सयमा झार्नु पर्ने र त्यसको लागि दुई दिने लकडाउन एउटा उपाय हुन सक्ने भनिएको समाचार संस्था एएनआईले जनाएको छ । तर, दीर्घकालीन रुपमा समस्याको समाधान गर्ने उपायको खोजी गर्न तथा अति प्रदूषण भएकाले बालबालिकालाई विद्यालय तथा घरबाहिर निस्कन दिनेबारेमा पनि पुनर्विचार गर्नुपर्नेतर्फ अदालतले ध्यानाकर्षण गराएको छ ।
सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँ प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरिएको छ । भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको ज्यान जाने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #भारतको सर्वोच्च अदालत
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्