शक्तिशाली चिनियाँ राष्ट्रपति सी, माओ बराबरी हैसियत
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको छैठौ महाअधिवेशनले राजनीतिक प्रस्ताव पारित गरेको छ। नोभेम्बर ८ देखि ११ सम्म भएको महाअधिवेशनले सर्बसम्मत रुपमा राष्ट्रपति सी जीङपीङको राजनीतिक प्रस्ताव पारित गरेको हो । राष्ट्रपति सीको दस्तावेजमा चिनियाँ कम्युनिष्ट पार्टीको पछिल्लो १०० बर्षको इतिहासको सारांशका साथै प्रमुख उपलब्धि र भविष्यका योजनाका बारेमा उल्लेख गरिएको छ । चीनमा कम्युनिष्ट पार्टीको स्थापना पछि यस किसिमको प्रस्ताव पारित गरिएको तेस्रो पटक हो । यस अघि पहिलो प्रस्ताव १९४५ मा माओत्से तुंगको र दोस्रो प्रस्तावव १९८१ मा देंग शियाओपिंगको प्रस्ताव पारित गरिएको थियो।
दस्तावेज पार्टी सँगै राष्ट्रपति सि लाई माओत्से तुंग र देंगको हाराहारीको नेताको रुपमा उभ्याइएको विश्लेषण छ। यस दस्तावेज पारितसँगै चीनमा देंगले शुरु गरेको विकेन्द्रिकरणको प्रयास र योजनालाई फिर्ता गर्दै समग्र राजनीति एक व्यक्तिको वरिपरी राख्ने प्रयास भएको बिश्लेषण हुन थालेको छ। २०१८ मा राष्ट्रपति पदमा दुई कार्यकाल भन्दा बढी हुन नपाइने नियमलाई हटाएर राष्ट्रपति सी लाई आजीवन राष्ट्रपति बनाउने गरि नियम संशोधन गरिएको थियो ।
अब सी को दोस्रो कार्यकाल आउदो बर्ष सकिदै छ र पार्टीको राष्ट्रिय काँग्रेसमा उनले आफ्नो तेस्रो कार्यकाल शुरु गर्ने छन्। यो दस्तावेज सी को आफुलाई सत्ताको केन्द्रमा राखिराख्ने अर्को कडी भएको विश्लेषकहरुले टिप्पणी गरेका छन्। सिंगापुरको नेशनल युनिभर्सिटीका डाक्टर चोंग जा इयानले पछिल्ला घटनाक्रमले सी लाई अन्य नेता भन्दा बलियो र फरक बनाएको टिप्पणी गरेका छन्।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #राजनीतिक प्रस्ताव
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्