दसौँ एसियन भैँसी सम्मेलन,तीन सय ५० भन्दा धेरै वैज्ञानिकको सहभागिता

काठमाडौं । दसौँ एसियन भैँसी सम्मेलन सोमबारदेखि सुरु हुँदैछ। भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो । भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पुर्याउन उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएशन र इन्टरनेशनल बफेलो फेडेरेसनले कार्यक्रमको आयोजना गरेका हुन् । भर्चुअल माध्यमबाट हुने भैँसी सम्मेलनमा १७ देशका विज्ञले सात विधामा १ सय ३५ भन्दा धेरै कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा तीन सय ५० भन्दा धेरै वैज्ञानिकको सहभागिता रहनेछ ।
वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ । सन् २०१७ मा सौराहामा स्थानीय रुपमा भएको भैँसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । नेपालमा दुग्ध उत्पादनमा भैँसीको झण्डै ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्क छ ।
सन् २०१७ मा नेपालमा भएको सम्मेलनपछि नै विश्वविद्यालय भैँसी अनुसन्धानमा दीर्घकालीन योजना निर्माणमा लागिपरेको छ । सम्मेलनकै कारण वैज्ञानिकबीचको सञ्जालमार्फत ज्ञान, सीप आदानप्रदान गर्न मद्धत पुग्ने अपेक्षा गरिएको छ । नेपालमा झण्डै ५२ लाख भैँसीको सङ्ख्या रहेको तथ्याङ्क छ । स्थानीय जातमा पहाडतिर लिमे, पारकोटे, गड्डी र तराईतिर तराई जात र मुर्रा जातका भैँसी पालन हुँदै आएका छन् । नेपालमा पछिल्लो समय आयात गरिएका हाइब्रिड जातका भैँसी पालन समेत बढ्दो क्रममा रहेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #दसौँ एसियन भैँसी सम्मेलन, #भैँसी सम्मेलन
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्