सन् २०६० सम्ममा साउदीले शून्य कार्बन उत्सर्जन गर्ने
काठमाडौं । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य लिएको छ । कोप २६ सम्मेलन हुनुभन्दा केही दिन अघि साउदीका राजकुमार मोहम्मद बिन सलमानले शनिबार यो घोषणा गरेका हुन् ।
म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छु उनले भने । राजकुमार सलमानले साउदी ग्रीन इनिसिएटिभु फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले घटाउने पनि प्रतिबद्धता जनाएका छन् ।
साउदी ग्रिन एनिसिएटिभले हरेक वर्ष कार्बन उत्सर्जन २७८ मिलियन टन कर्बन उत्सर्जन घटाउने लक्ष्य समेत लिएको छ । सन् २०१८ मा साउदीले ०.६२ गिगाटन कार्बन डाइअक्साइड उत्सर्जन गरेको थियो । गत मार्चमा साउदीले तेल प्रयोग हुने करिब ५० प्रतिशत क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरेर कार्बन उत्सर्जन घटाउने बताएको थियो । साउदीको कार्बन उत्सर्जन घटाउनका लागि सन् २०३० सम्म अर्बौं बिरुवाहरु रोप्ने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #शून्य कार्बन उत्सर्जन, #साउदी अरेबिया
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्