कोभिड महामारी थप एक वर्ष अर्थात सन २०२२ सम्म लम्बिन सक्ने
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड महामारी थप एक वर्ष अर्थात सन २०२२ सम्म लम्बिन सक्ने जनाएको छ । डब्ल्यूएचओका वरिष्ठ चिकित्सक डा.ब्रुरुस अयलवार्डले कोभिड महामारी आवश्यकता भन्दा एक बर्ष लामो समय सम्म रहने बताएका हुन् ।
गरीब देशहरुले पर्याप्त मात्रामा खोप नपाएकाले महामारी लम्बिने उनको भनाइ छ । अफ्रिकामा कुल जनसंख्याको ५ प्रतिशतभन्दा कमले खोप लगाएका छन् । अन्य महाद्वीपहरुमा भने ४० प्रतिशत भन्दा बढीले खोप लगाएका छन् ।
बेलायतले १० करोड भन्दा बढी खोपहरु बिभिन्न देशहरुलाई बाँडेको छ । बेलायतले थप खोप बाँडने प्रतिवद्धता समेत जनाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #कोभिड महामारी
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्