Techie IT
  • ३० जेठ २०८२, बिहीबार
KhojPatrika

साइड इफेक्ट देखिएपछि स्विडेनमा कोरोना विरुद्धको खोप लगाउन स्थगित


काठमाडौं । स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित गरिएको छ । साइड इफेक्ट देखिएकाले मोर्डना कम्पनीले उत्पादन गरेको खोप ३० वर्ष भन्दा कम उमेर समूहकालाई लगाउन बन्द गरिएको स्विडेनका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण खोप लगाउन तत्कालको लागि स्थगित गरिएको हो । स्विडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेले सुरक्षाको सुनिश्चिता भएपछि फेरि खोप लगाउनका लागि आवश्यक कदम चालिने जानकारी दिए ।

गएको जुलाईमा युरोपेली औषधि एजेन्सीले युरोपेली युनियनका २७ देशका १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई यो खोप लगाउने अनुमति प्रदान गरेको थियो ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #स्विडेन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं