विश्वभर ५ घन्टा फेसबुक बन्द हुँदा जुकरबर्ग अर्बपतिको सुचीबाट एक स्थान तल झरे
काठमाडौं । सोमबार राति ९ बजेदेखि विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुनः सुचारु भएका छन् । फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मंगलबार बिहानदेखि सञ्चालनमा आएको फेसबुकका मालिक मार्क जुकरबर्गले जानकारी दिए ।
फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए । यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ । सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको थियो ।
पाँच घन्टा फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम बन्द हुँदा मार्क जुकरबर्गको सम्पत्तिमा ५.९ बिलियन डलरको गिरावट आएको छ । योसँगै जुकरबर्ग बिश्वकै अर्बपतीको सुचीबाट एक स्थान तल झरेका छन । फेसबुक डाउन हुँदा जुकरबर्गको सम्पत्ति घटेर ११७ बिलियन डलर पुगेको छ । अब जुकरबर्ग फोर्ब्स म्यागजिनको अर्बपतीको सुचीमा छैटौं स्थानमा झरेका छन ।
फेसबुककी कार्यकारी सेरिल स्यान्ड्बर्गको सम्पत्ति पनि १.९ बिलियन डलरले घटेको छ । यस अघि सन २०१९ मा फेसबुक १४ घन्टा बन्द भएको थियो । फेसबुक २ कारणले हिजो दबाबमा थियो । पहिलो– स्टक बजारमा घट्दो सेयर र दोश्रो– आज अमेरिकी संसद्मा फेसबुकबारे छलफल हुँदैछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मार्क जुकरबर्ग
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी




तपाईको कमेन्ट लेख्नुहोस्