हिकाष्ट कलेजको बद्मासी, बिद्यार्थीको परिक्षाफल इन्कम्प्लिट,समस्या समाधानमा मौन
काठमाडौं । काठमाडौँस्थित हिकाष्ट कलेजले बिद्यार्थीमाथि गम्भिर लापरवाही गरेको भेटिएको छ । तीन सातादेखि कलेज परिसरमा विद्यार्थीहरु दिनहुँ यसरी नै कलेज प्रशासन र पुर्वाञ्चल विश्वविद्यालय बिरुद्ध नारावाजी गर्दै आइरहेका छन् । पुर्वाञ्चल विश्व विद्यालयका पदाधिकारीको लापरवाहीका कारण विद्यार्थीहरु मारमा परेका छन् । विश्वविद्यालयको बिएससी एजी सातौँ र भेटेनरीको सातौँ नवौँ सेमेष्टरमा परिक्षाका क्रममा विद्यार्थीहरुले समयमै उत्तरपुस्तिका सम्बन्धित कलेजमा पठाएका थिए । तर, नतिजा प्रकाशनका क्रममा विश्वविद्यालयको लापवार्हीका कारण केही विषयको नतिजा अपुरो (इन्कम्प्लिट) आएको हो । बिएससी एजीको सातौँ र भेटेनरीको सातौं/नवौं सेमेष्टरका विद्यार्थी २०७७ असोज २० देखि परीक्षामा सहभागी भएका थिए ।
पूर्वाञ्चल विश्वविद्यालय एकेडेमिक काउन्सिलको निर्णय अनुसार उत्तरपुस्तिका निर्धारित समय २ बजेसम्म सम्बन्धित कलेजमा पठाइसक्नुपर्ने थियो । बिहान ९ बजेदेखि लिएको परीक्षा २ बजेभित्र सबमिट गरिसक्नुपर्ने ब्यवस्था गरिएको थियो । तर, विद्यार्थीहरुले १२ बजेर ३८ मिनेटमा सबमिट गर्दा समेत नतिजा अपूरो आएको बिद्यार्थीले गुनासो गरेका छन् । अधिकांश विद्यार्थीहरुले दिउँसो एक बजेदेखि २ बजेभित्र कलेजलाई उत्तरपुस्तिका उपलब्ध गराइसकेका थिए । तोकीएकै समयमा उतरपुस्तीका कलेजलाई बुझाएपनि नतिजा प्रकाशनका क्रममा आई भनेर प्रकाशित भयो । नतिजा प्रकाशन लगतै आश्चर्यचकित परेका विद्यार्थीहरुले विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथी खेलवाड गरेको भन्दै तत्काल नतिजा सच्चाउन माग गरेका छन ।
काठमाडौँस्थित हिकाष्ट कलेज, मोरङस्थित जीपिसीएआर कलेज र चितवनस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटबाट परीक्षा दिएका विद्यार्थीहरुले निर्धारित समययभित्र उत्तरपुस्तिका पठाउँदा पनि नतिजा ‘इन्कम्प्लीट’ देखिएको हो । कोरोना संक्रमणलाई मध्यनजर गर्दै पूर्वाञ्चल विश्वविद्यालयले ‘टाइम बाउण्ड होम इक्जाम’ लिएको थियो । जसको नतिजा विश्वविद्यालयले भदौ ९ गते प्रकाशित गरेको थियो । आन्दोलित विद्यार्थीले नतिजामा भएको त्रुटि सच्चाउन माग राख्दै कलेज प्रशासनसँग आग्रह गर्दा कलेज प्रशासनको मौनताले विद्यार्थीहरु थप चिन्तीत भएका छन् ।
कलेजका अध्यक्ष विनायक राज भण्डारी र प्रिन्सपिल कृष्ण श्रेष्ठसँग बारम्बार आफनो समस्या बारे जानकारी गराउदा समेत कलेज प्रशासनले चासो नदेखाएको बिद्यार्थीको गुनासो छ । हिकाष्ट कलेज प्रशासनले बिद्यार्थीको गुनासो नै सुन्न आनाकानी गरिरहेको छ । दैनिक कलेजमा आउने र नारावाजी गर्ने बाहेक उनीहरुसँग अर्को बिकल्प छैन । तर, प्रशासन भने प्रहरी लगाएर दमन गरिरहेको छ । विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहदा समेत कलेज प्रशासनको मौनताबारे बुझन हामीले कलेजका अध्यक्ष विनायक राज भण्डारी र प्रिन्सीपल कृष्ण श्रेष्ठलाई बारम्बार सम्पर्क गर्दा समेत उनीहरु सम्र्पकमा आउन चाहेनन् ।
पुर्बाञ्चल विश्वविद्यालयले समेत विद्यार्थीको समस्याबारे कुनै निर्णय गरेको छैन् । लाखौ पैसा खर्च गरेर अध्ययन गरिरहेका विद्यार्थीहरु अन्तिम सेमेष्टरमा आएर पुर्वान्चल विश्वविद्यालय र कलेज प्रशासनले आफूहरुलाई सास्ती दिएको र भविष्यमाथि खेलवाड गरिरहेको बताएका छन् । वर्षर्नी लाखौ रुपैयाँ असुल्ने कलेज प्रशासक कहाँ लुकेका छन् पत्तै छैन् । बिद्यार्थीको समस्या समाधानमा कलेज मात्रै होइन पुर्बाञ्चल विश्वविद्यालय गम्भिर भएर सोचोस । बिद्यार्थीको भबिष्यमाथि खेलवाड नगरोस् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #पुर्वाञ्चल विश्वविद्यालय, #हिकाष्ट कलेज
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्