तालिवान सरकारद्वारा मुल्लाह मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकारको घोषणा

काठमाडौं । तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो । तालिबानी समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन् । यसैगरी उपप्रधानमन्त्री अब्दुलगनी बरादर भएका छन् ।
प्रवक्ता जबिहुल्लाह मुजाहिदले इस्लामिक इमिरेट घोषणा गर्दै तालिवानले जनताको इच्छा आकांक्षा पूरा गर्न आफनो सरकार प्रतिवद्ध रहेको बताए । यसैगरी सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिला मन्त्री बनेका छन् । जोहक्कानी सञ्जालका प्रमुख पनि हुन् । सो समूहका अनुसार निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान रहेका छन् ।
दोस्रा उपनेता मुल्लाह अब्दुल सलाम भएका छन् । तालिबान सरकारले शुरूमा गर्नुपर्ने काममा देशको अर्थतन्त्रलाई स्थिर बनाउनु, अन्तर्राष्ट्रिय मान्यता खोज्नु र बढ्दो मानवीय संकटलाई सम्बोधन गर्नु रहेको जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #अफगानिस्तानमा सरकार घोषणा
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्