अफगानिस्तान फर्किए तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर
काठमाडौं । तालिबानका सहसंस्थापक अफगानिस्तान फर्किएका छन् । तालिबानका नेता तथा सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर मंगलबार कतारबाट अफगानिस्तान फर्किएका हुन् । कतारको दोहामा विगत केही महिनादेखि रहेका उनी कान्दाहर पुगेका हुन् । कतारमा रहेर उनी अमेरिकी सैनिकको फिर्ती प्रक्रियालाई लिएर अमेरिकासँग वार्तामा थिए । तालिबानले आइतबार काबुल नियन्त्रणमा लिएपछि उनी अफगानिस्तानको नेतृत्वका लागि फर्किएका छन् ।
कान्दाहरलाई तालिबानको धार्मिक जन्मस्थल मानिन्छ । २० वर्षअघि अमेरिका नेतृत्वको सैन्य अभियानले सत्ताबाट हटाउनु पूर्व कान्दाहर तालिबानको महत्वपूर्ण आधार क्षेत्र थियो । यस्तै, तालिबानले इस्लामिक कानूनमा पनि अफगानिस्तानमा महिलाहरुको अधिकार सुरक्षित रहने बताएको छ । इस्लामिक कानूनको फ्रेमवर्कमा रहेर अफगान महिलाहरुको सम्मान हुने तालिबानले जनाएको छ ।
आइतबार अफगानिस्तानमा नियन्त्रण कायम गरेपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले महिलाहरुलाई काम गर्न छुट दिइने बताएका हुन् । तर केही प्रतिबन्ध र नियमहरु भने लागु हुने बताए । प्रवक्ता जाबुहुल्लाह मुजाहिदले सबै अफगानहरु इस्लामको ‘फ्रेमवर्क’ भित्र बस्नु पर्ने कुरा बारम्बार दोहोर्याएका थिए ।
सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो नियन्त्रण रहँदा तालिबानले शरिया कानून लागु गरेर इस्लामिक कानूनको कडा व्याख्या गर्दै गम्भीर दण्डको व्यवस्था गरेको थियो । त्यो बेला महिलाहरुले शरीर सबै ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष र सो माथिका छात्राहरु विद्यालय जान नपाउने नियम लागु गरेको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्