काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता लम्बियो, धर्ना, जुलुस नगर्न प्रशासनको कडा चेतावनी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । १६ हजार ७ सय १८ नमुना परीक्षण हुदा काठमाडौ उपत्यकामा मात्रै ९ सय ४ जनामा कोरोना संक्रमण पुषि्ट भएको छ । काठमाडौमा ६ सय १३ भक्तपुरमा १ सय १४ र ललितपुरमा १ सय ७७ मा कोरोना पुषि्ट भएको छ । यो सहित अहिलेसम्म ७ लाख २ हजार ९७ जना र एनि्टजेन ६३ हजार ७ सय १८ विधिबाट जनामा कोरोना पुषि्ट भएको छ । कोरोना संक्रमण पश्चात मगंलबार १ हजार ९ सय ९४ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ । कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ९ सय २२ पुगेको छ । देशभर संकि्रय संक्रमितको संख्या ३२ हजार ५१ पुगेको छ । अहिले देशभर सकि्रय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको छ । सकि्रय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेकोमा ६ सय ८६ जनाको आईसीयू र १ सय ६२ जनाको भेनि्टलेटरमा उपचार भइरहेको छ । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य कि्रयाकलाप नगर्न अपिल गरेको छ ।
केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना गरी भिडभाड जन्य कार्य नगर्न अपिल गरेको हो । कोरोना संक्रमण दर उच्च हुँदै गएको र अस्पतालहरुमा भेनि्टलेटर, आइसियु र आकसि्मक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको अवस्थामा कोरोना संक्रमणको दर घटाउनुमा सबै पक्ष र समुदायको उति्तकै भूमिका र जिम्मेवारी रहने पनि काठमाडौं जिल्ला प्रशासनले सूचनामार्फत प्रस्ट पारेको छ । जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने चेतावनी पनि प्रसासनले दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । खोप केन्द्र व्यवसि्थत बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन समेत दिएको छ । साथै असार २९ गतेदेखि सञ्चालित भेरोसेलको पहिलो डोज लगाएका लकि्षत समूहलाई २१ दिन पूरा भएपछि दोस्रो डोज दिने व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यस्तै जिल्लाहरुमा मन्त्रालयले तोकेको लकि्षत समूहलाई जोनसन एण्ड जोनसनको खोप लगाउन अभियान सुरु नभएका हुँदा तत्काल खोप अभियान सञ्चालन गर्न बिज्ञप्ती मार्फत निर्देशन दिइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #कोरोना संक्रमण
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्