निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहविरुद्ध अख्तियारद्धारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायी सिंह, मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारले जनाएको छ । एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने÷दिने काम गरी ६८ लाख ९३ हजार ७ सय ७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अख्तियारको दावी छ ।
सिंह महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हुन् । उनीविरुद्ध ६८ लाख ९३ हजार ७ सय ७८ रुपैयाँ ५ पैसा विगो माग दावी गरिएको छ । त्यस्तै अख्तियारले योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्रप्रसाद राउतसँग पनि त्यति नै विगो माग दावी गरेको छ । तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार ८ सय १८ रुपैयाँ विगो माग गरिएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा, #नेपाल निर्माण व्यवसायी महासंघ
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्