शनिबारदेखि लामो तथा मध्यम दुरीमा सार्वजनिक यातायात सञ्चालनमा, बसपार्कमा भेटिदैनन् यात्रु
काठमाडौं । निषेधाज्ञा लागू भएपछि बन्द रहेका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पुर्याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।
विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सवारी लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने सूचना जारी गरेको थियो।महंगो भाडा तिर्नुपरेको गुनासो बढिरहँदा प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह पनि गरेको छ ।
यसअघि निषेधाज्ञाको समयमा समेत लामो दूरीका सार्वजनिक सवारी साधन चलेका भएपनि दोब्बर भन्दा बढी भाडा तिर्नुपर्ने बाध्यतामा यात्रुहरु थिए । यसअघि नै गृह मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालनासहित मध्यम तथा लामो दुरीका यातायातका साधन सञ्चालनका लागि भन्दै सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो । यातायात सञ्चालनमा आएपनि बसपार्कमा भने यात्रुहरु पाउनै मुस्किल परेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #बसपार्क, #लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्