पाकिस्तानमा मलाला समावेश बिधालय पाठ्यक्रम बरामद
एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई समावेश बिधालय पाठ्यक्रम बरामद गरिएको छ। पञ्जाब करिकुलम एण्ड टेक्स्ट्बुक बोर्ड (पीसीटीबी) ले मलाला समावेश गरिएको कक्षा ७ को सामाजिक शिक्षा पाठ्यक्रम नियन्त्रणमा लिएको हो ।
सन् १९६५ का युद्ध नायक मज अजिज भट्टी शाहिद जस्ता महान व्याक्तित्व सँगै मलालाको नाम समावेश भएको प्रति घोर आपक्ति जनाउँदै पीसीटीबीले पाठ्यक्रम बरामद गरेको हो । पाठ्यक्रमको पृष्ठ ३३ मा महान व्याक्तित्वहरु क्वाइद इ अजम मुहम्मद अलि जिन्हा, राष्ट्रिय कवि अल्लामा इकबाल, सर सइद एहमद खान, लियाकत अलि खान, परोपकारी व्याक्ति अब्दुल सक्त इधी, बेगम राना लियाकत अलि खान, निसान इ हैदर, युद्ध नायक मज अजिज भट्टी शहिद र नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजई को तस्बिर समावेश गरिएको थियो ।
पीसीटीबी, प्रहरी लगायत निकायले बिभिन्न शैक्षिक संस्थान र पुस्तक पसलहरुबाट उक्त पाठ्यक्रम बरामद गर्न निर्देशन दिएको छ । युद्ध नायक अजिज भट्टी जस्ता महान व्याक्तित्व सँग मलालाको नाम समावेशप्रति उनीहरुले घोर आपक्ति जनाएका हुन् । महिला शिक्षा तथा बालबालिका अधिकारकर्मी मलाला सबै भन्दा सानो उमेरमा नोबेल शान्ति पुरस्कारद्धारा सम्मानित व्याक्ति हुन् । स्रोतः डन
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #मलाला युसुफजई
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्