पाकिस्तानमा मलाला समावेश बिधालय पाठ्यक्रम बरामद
एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई समावेश बिधालय पाठ्यक्रम बरामद गरिएको छ। पञ्जाब करिकुलम एण्ड टेक्स्ट्बुक बोर्ड (पीसीटीबी) ले मलाला समावेश गरिएको कक्षा ७ को सामाजिक शिक्षा पाठ्यक्रम नियन्त्रणमा लिएको हो ।
सन् १९६५ का युद्ध नायक मज अजिज भट्टी शाहिद जस्ता महान व्याक्तित्व सँगै मलालाको नाम समावेश भएको प्रति घोर आपक्ति जनाउँदै पीसीटीबीले पाठ्यक्रम बरामद गरेको हो । पाठ्यक्रमको पृष्ठ ३३ मा महान व्याक्तित्वहरु क्वाइद इ अजम मुहम्मद अलि जिन्हा, राष्ट्रिय कवि अल्लामा इकबाल, सर सइद एहमद खान, लियाकत अलि खान, परोपकारी व्याक्ति अब्दुल सक्त इधी, बेगम राना लियाकत अलि खान, निसान इ हैदर, युद्ध नायक मज अजिज भट्टी शहिद र नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजई को तस्बिर समावेश गरिएको थियो ।
पीसीटीबी, प्रहरी लगायत निकायले बिभिन्न शैक्षिक संस्थान र पुस्तक पसलहरुबाट उक्त पाठ्यक्रम बरामद गर्न निर्देशन दिएको छ । युद्ध नायक अजिज भट्टी जस्ता महान व्याक्तित्व सँग मलालाको नाम समावेशप्रति उनीहरुले घोर आपक्ति जनाएका हुन् । महिला शिक्षा तथा बालबालिका अधिकारकर्मी मलाला सबै भन्दा सानो उमेरमा नोबेल शान्ति पुरस्कारद्धारा सम्मानित व्याक्ति हुन् । स्रोतः डन
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #मलाला युसुफजई
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्