स्वास्थ्य मन्त्रालयले भन्यो : निषेधाज्ञा खुकुलो भएसँगै फेरि कोरोना बढ्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भए पश्चात पुन : संक्रमण बढ्ना थालेको बताएको छ । बिहिबार मन्त्रालयले सुचना जारी गर्दै तेस्रो लहर सुर हुनसक्ने भन्दै अस्पतालहरुलाइ समेत पूर्वाधार तथा सेवाहरु तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।
संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्नुहुन अनुरोध गरेको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लम खुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ । अहिले पनि काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा ५ सय भन्दा बढी र २६ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको बताउदै खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । बिहिबार देभर स्तरबृद्धि भएका कर्मचारीहरुको जेष्ठता कायम भएका मितिदेखि तलव भत्ता र ग्रेड समायोजन गरी दिन दिलाउन आदेशसहितको पत्र सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागले त्यो विभागिय निर्णय नभएको स्पष्ट पारेको छ । २०७७ पुस २१ को पत्रमा स्तरवृद्धी पश्चात् तलव भत्ता तथा ग्रेड सम्बन्धि निर्णय भएको भनी पत्र बाहिरिएपछि विभागले त्यो बिभागीय निर्णय र आदेश बिनानै पत्राचार भएको जनाएको छ । सो पत्रको प्रतिलिपीबारे अनुसन्धान भइरहेकाले भुक्तानी नगर्न तथा यदि भएमा असुल उपर गरिने विभागले सूचित गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #निषेधाज्ञा खुकुलो
तपाईको कमेन्ट लेख्नुहोस्