मधेश प्रदेश सरकारले पायो पूर्णता, थपिए ६ मन्त्री
काठमाडौं । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।
यस्तै जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बनेका छन् । यस्तै, जनमतबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण र नेकपा माओवादी केन्द्रबाट फकिरा महत्व गृह सञ्चार तथा कानुनमन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरू प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनियताको शपथ लिएका छन् । यससँगै मधेस सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । गत १९ मंसिरमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
२१ मंसिरमा पद तथा गोपनीयताको शपथ लिएका मुख्यमन्त्री यादव सोही दिन तीन जना मन्त्री नियुक्त गरेका थिए । दोस्रो पटक उनले गत २९ मंसिरमा दुई जना मन्त्री नियुक्त गर्दै बिना विभागीय मन्त्रीहरूलाई समेत जिम्मेवारी तोकेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्