अफगानस्तानमा तालिबानद्धारा सेनाको हत्या, एम्नेस्टी इन्टरनेसनलद्धारा युद्ध अपराधको संज्ञा
एजेन्सी । अफ्गानिस्तानमा तालिबानले सेनाको हत्या गरेको घटनाप्रति मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले निन्दा गरेको छ । मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले विद्रोही लडाकु समुह तालिबानद्धारा २२ जना अफगानी सेनाको हत्यालाई युद्ध अपराधको संज्ञा दिँदै निन्दा गरेको हो ।
अफगानस्तानको उत्तरी क्षेत्रमा तालिबान लडाकु समुहले आत्मसमर्पण गर्ने २२ सैनिकहरुको ज्यान लिएको हो । गत महिना अफगानस्तानको उत्तरी क्षेत्रहरु दउलत आबद्ध क्षेत्रमा सेनाहरुलाई मारेको भिडियो पछिल्लो समय अमेरिकी टेलिभिजन सीएन्एनले सार्वजनिक गरेको हो । घटनास्थलबाट २२ जना सेनाको शव फेला परेको रेडक्रसले जनाएको छ । मानव अधिकारकर्मीहरुले अफगानस्तानी सरकार समक्ष घटनामाथि छानबीनको माग गरेको छ ।
एम्नेस्टी इन्टरनेसनलको दक्षिण एसिया अभियानकर्ता समिरा हमिदीले अफगानस्तानको दर्दनाक अबस्था यो घटनाले देखाएको टिप्पणी गरेकी छन् । तालिबानले आत्मसमर्पण गर्ने सेनाको ज्यान लिएको घटना युद्ध अपराध रहेको उनले बताईन् । तालिबानले अअफगानस्तानमा आतंकवादी गतिविधिहरु अन्त्य गरेको दाबी गर्दै आएपनि मानव अधिकार उल्लंघन र हत्याको घटनाहरु भईरहेको छ । स्रोतः जी फाईभ
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफ्गानिस्तानमा तालिबान
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्