अफगानस्तानमा तालिबानद्धारा सेनाको हत्या, एम्नेस्टी इन्टरनेसनलद्धारा युद्ध अपराधको संज्ञा
एजेन्सी । अफ्गानिस्तानमा तालिबानले सेनाको हत्या गरेको घटनाप्रति मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले निन्दा गरेको छ । मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले विद्रोही लडाकु समुह तालिबानद्धारा २२ जना अफगानी सेनाको हत्यालाई युद्ध अपराधको संज्ञा दिँदै निन्दा गरेको हो ।
अफगानस्तानको उत्तरी क्षेत्रमा तालिबान लडाकु समुहले आत्मसमर्पण गर्ने २२ सैनिकहरुको ज्यान लिएको हो । गत महिना अफगानस्तानको उत्तरी क्षेत्रहरु दउलत आबद्ध क्षेत्रमा सेनाहरुलाई मारेको भिडियो पछिल्लो समय अमेरिकी टेलिभिजन सीएन्एनले सार्वजनिक गरेको हो । घटनास्थलबाट २२ जना सेनाको शव फेला परेको रेडक्रसले जनाएको छ । मानव अधिकारकर्मीहरुले अफगानस्तानी सरकार समक्ष घटनामाथि छानबीनको माग गरेको छ ।
एम्नेस्टी इन्टरनेसनलको दक्षिण एसिया अभियानकर्ता समिरा हमिदीले अफगानस्तानको दर्दनाक अबस्था यो घटनाले देखाएको टिप्पणी गरेकी छन् । तालिबानले आत्मसमर्पण गर्ने सेनाको ज्यान लिएको घटना युद्ध अपराध रहेको उनले बताईन् । तालिबानले अअफगानस्तानमा आतंकवादी गतिविधिहरु अन्त्य गरेको दाबी गर्दै आएपनि मानव अधिकार उल्लंघन र हत्याको घटनाहरु भईरहेको छ । स्रोतः जी फाईभ
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफ्गानिस्तानमा तालिबान
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्