पश्चिम युरोपमा आएको बाढीमा कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय २० पुग्यो
काठमाडौं । पश्चिम युरोपमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय २० पुगेको छ । ज्यान गुमाउनेमध्ये धेरैजसो जर्मनीका रहेका बीबीसीले जनाएको छ । बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका दुई गाउँ तहसनहस भएको बताइएको छ । बाढीका कारण सयौँ घर बगेका छन् भने सयौँ सर्वसाधारण बेपत्ता छन् ।
बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ । जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका बीबीसीले जनाएको छ । जर्मनीका मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले भीषण बाढी एक सय वर्षयताकै खतरनाक भएको जानकारी दिए ।
एक महिनामा पर्नु पर्ने पानी २४ घण्टाभित्रै परेको मौसम विभागले जनाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २ सय ७ मिलीलिटरसम्म पानी परेको छ । जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीमा आएको बाढीलाई विनाशकारी बाढीको संज्ञा दिएकी छन् । उनले बाढीका कारण विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा जोडतोडका साथ लाग्न निर्देशन दिएकी छन ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #पश्चिम युरोपमा आएको बाढी
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्