युरोकपको उपाधि इटालीको पोल्टामा, इंग्ल्यान्ड पराजित

काठमाडौं । इटालीले यसअघि पहिलो पटक सन् १९६८ मा युरोको उपाधि जितेको थियो । फाइनलमा पराजित भएसँगै इंग्ल्यान्ड भने पहिलो पटक युरोकपको उपाधि जित्नबाट असफल बन्यो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटको नतिजाबाट गरिएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो । पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे ।
आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए । इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले असफल बनाए । यसअघि खेलको दोस्रो मिनेटमा किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गर्दै लुक शले इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा फर्काए । मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका थिए ।
इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । इटालीले सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमै हराएर फाइनल यात्रा तय गरेको थियो । इंग्ल्यान्डले डेनमार्कलाई हराएर इटालीसँगको भेट पक्का गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #इटाली, #युरोको उपाधि
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्