भारतीय प्रधानमन्त्री र अस्ट्रेलीयाली समकक्षीबीच टेलिफोन संवाद,कोभिड १९ बिरुद्ध खोपको सहज पहुँच बारे छलफल
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ बिरुद्धको खोपमा सहज पहुँचका बिषयमा अस्ट्रेलीयाली समकक्षी स्कट मोरिसनसँग वार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनसँग कोभिड १९ खोप को सहज र न्यायसंगत पहुँचको बिषयमा टेलिफोन वार्ता भएको हो ।
वार्तामा दुबै देशका प्रधानमन्त्रीले विश्वमा कोराना भाइरस माहामारी बिरुद्ध खोप अति महत्वपूर्ण रहेको निष्कर्ष निकालेका छन् । वार्तामा प्रधानमन्त्रीद्धय मोदी र मोरिसनले भारतमा जारी कोरोना भाइरसको दोस्रो लहर तथा खोपको बौद्धिक सम्पति अधिकारको अनुमतिबारे छलफल गरेका छन् । भारतले सबैलाई कोभिड १९ बिरुद्ध खोप उपलब्ध हुनुपर्ने भन्दै खोपको बौद्धिक सम्पति अधिकारको अनुमतिको लागि विश्व व्यापार संगठनमा प्रस्ताब राखेको छ ।
वार्तापछि, प्रधानमन्त्री मोदीले भारतमा कोभिड १९ माहामारी बिरुद्ध सहायता गरेको भन्दै अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनलाई धन्यवाद व्यक्त गर्दै ट्विट गरेका छन् । अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनले पनि भारतले विभिन्न मुलुकहरुमा खोप निर्यात गरेको उल्लेख गर्दै संकटको समयमा भारतमा अक्सिजन कन्सन्ट्रेटर तथा भेन्टिलेटरहरु उपलब्ध गर्ने ट्विीटरमा बताएका छन् । स्रोतः ईण्डीया टुडे
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, #स्कट मोरिसन
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्