कोभिड १९ बिरुद्ध खोपको बौद्धिक सम्पति अनुमतिबारे भारतले गरेको प्रस्ताब संयुक्त राष्ट्रसंघद्धारा समर्थन
एजेन्सी । संयुक्त राष्ट्रसंघ (युएन) का प्रमुख एन्टोनिया गुटर्सले कोभिड १९ बिरुद्ध खोप अनुमतिबारे भारतको प्रस्ताबलाई समर्थन गरेका छन् ।
भारत र दक्षिण अफ्रिकाले कोभिड १९ बिरुद्ध खोप अनुमतिबारे गरेको प्रस्ताबमाथि संयुक्त राष्ट्रसंघ प्रमुख गुटर्सले समर्थन जनाएका हुन् । तर, खोप सामग्री अनुमति लिँदा प्राविधिक रुपले टेक्नोलोजी रुपान्तरणमा साथ दिनुपर्ने गुटर्सले जोड दिए ।
बेलायतको कर्नवाल शहरमा आयोजित जी सेभेन सम्मेलनमा युएन् प्रमुख गुटर्सले खोपको बौद्धिक सम्पति अनुमतिको बिषयमा साथ दिने बताए । भारत र दक्षिण अफ्रिकाले कोभिड १९ बिरुद्ध खोपको उत्पादन र प्रयोगको अनुमतिका लागि विश्व व्यापार संगठन (डब्लुटीओ) मा प्रस्ताब राखेका छन् । भारत र दक्षिण अफ्रिकाले विकासोन्मुख राष्ट्रहरुमा खोपको छिटो र सहज पहुँच हुनुपर्ने माग गर्दै खोपको बौद्धिक सम्पति अनुमतिका लागि डब्लुटीओमा प्रस्ताब राखेका हुन् ।
बौद्धिक सम्पति अधिकारका समस्याहरु सम्बोधन गर्नेजस्ता बिषयमा विस्तृत कार्यक्रम अबलम्बन गर्नुपर्ने भन्दै भारत र दक्षिण अफ्रिकाको प्रस्तावलाई साथ दिने गुटर्सले बताए । खोपको बौद्धिक सम्पति अनुमति उपलब्ध गर्नका लागि सरकार तथा औषधी कम्पनीहरुबीच बलियो सहकार्य र सहमति आवश्यक रहेको गुटर्सले बताए । अमेरिकाले पनि विश्वमा कोरोना माहामारी बिरुद्ध लड्नका लागि खोप उपलब्ध गर्न खोपको बौद्धिक सम्पति प्रयोग अनुमतिको बिषयलाई समर्थन गर्दै आएको छ । स्रोतः द इकोनोमिक टाईम्स
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #एन्टोनिया गुटर्स, #संयुक्त राष्ट्रसंघ
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्