अफ्रिकी मुलुक हैटीका राष्ट्रपति जोनेल मोइसेको आफ्नै घरमा हत्या
एजेन्सी । अफ्रिकी मुलुक हैटीका राष्ट्रपति जोनेल मोइसेको आफ्नै घरमा हत्या भएको छ । त्यहाँका प्रधानमन्त्री क्लाउड जोसेफले राष्ट्रपति मोइसेको हत्या भएको पुष्टी गरेका हुन् । जासेफले अज्ञात व्यक्तिहरूको समूहले बुधबार मोइसेको निजी निवासमा राति आक्रमण गरेर हत्या गरेको जानकारी दिएका छन् । मोइसेलाई गोली हानी हत्या गरिएको हो । उक्त हमलामा पहिलो महिला पनि घाइते भएकी छिन् । घाइते राष्ट्रपति पत्नीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।
हैटीका अधिकारीहरुका अनुसार स्थानीय समयानुसार बुधबार बिहान १ बजे उक्त आक्रमण भएको थियो । स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको जनाइएको छ । यो हमला गरीवी क्यारिबियन राष्ट्रमा राजनीतिक रूपले जोडिएको हिंसाको बढ्दो लहरको बीचमा भएको हो । हैटी राजनीतिक रूपमा विभाजित छ, । त्यहाँ मानवीय संकट र खाद्यान्नको अभाव भइरहेका बेला राष्ट्रपतिको हत्या भएको हो ।
मोइसेले सन् २०१८ मा हुनुपर्ने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि र आफ्नै कार्यकाल समाप्त भएपछि पनि शासन गरिरहेका थिए । प्रधानमन्त्री जोसेफले घटनाको निन्दा गर्दै संयमता अपनाउन हैटीका नागरिकलाई आग्रह गरेका छन् । मोइजे हैटीका ४२ औं राष्ट्रपति थिए ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #राष्ट्रपति जोनेल मोइसे
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्