हङकङ प्रहरीद्वारा ग्रान्डमा वोङ पक्राउ
एजेन्सी । हङकङ प्रहरीले सहरकी प्रजातन्त्रको वकालत गर्ने ज्येष्ठ नागरिक महिलालाई पक्राउ गरेको छ । चीनको तियानमेन स्क्वायरमा भएको नरसंहारविरुद्ध प्रदर्शन गर्ने एलेक्जनड्रा वोङलाई प्रहरीले पक्राउ गरेको हो । चिनियाँ अधिकारीहरुले नरसंहारविरुद्ध प्रदर्शन गर्नेहरुविरुद्ध शून्य सहनशीलताको नीति लिएका छन् । बेइजिङको हङकङस्थित लियाजोन कार्यालयमा समेत विरोध प्रदर्शन गरेकी ६५ वर्षीया अलेक्जान्ड्रालाई सोमबार पक्राउ गरिएको जनाइएको छ ।
गैरकानुनी सभामा भाग लिएको भन्दै उनीमाथी पक्राउ गरिएको हो । सन् २०१९ मा हङकङमा भएको विशाल प्रजातन्त्रको प्रदर्शनमा पनि उनी सहभागी थिइन् । उनलाई अक्सर युनियन ज्याक झण्डा लहराउँदै गरेको देख्न सकिन्छ । जुन बेइजिङकको शासनप्रतिको असन्तुष्टिको प्रतीक हो र यस क्षेत्रलाई सन् १९९७ मा पूर्व औपनिवेशिक शक्ति बेलायतले चीनलाई हस्तान्तरण गरेको छ । हंङकङमा अब कुनै पनि किसिमको विरोध प्रदर्शन गर्न पाइने छैन । अधिकारीहरूले प्रदर्शनलाई प्रतिबन्ध गर्न सन् २०२० मा नयाँ सुरक्षा कानुन ल्याएका छन् । श्रोतः ताइपेइटाइम्स
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #हङकङ प्रहरी
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्