देशका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। अहिले प्रदेश १, २ र बागमती प्रदेशका जिल्लाहरूमा भारी वर्षा भइरहेको छ। त्यस्तै, प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ। सो प्रदेशहरूको पहाडी भू भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, कन्काई, कोशी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम भारी वर्षा भई बहाव बढ्ने सम्भावना रहेको छ। स साना नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यसैबीच झापाको चन्द्रगढी र आसपासका क्षेत्रमा गएरातिदेखि भएको लगातार वर्षा सर्तकता तहसम्म पुगेको छ। चन्द्रगढी विमानस्थल वर्षामापन केन्द्रका अनुसार भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान छ। बाढी पूर्वानुमान महाशाखाले झापाका डुबान भइरहने र होचा स्थानमा हुनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ भने देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #भारी वर्षा
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्