कोभिड १९ जस्ता माहामारीबिरुद्ध विश्वको सहकार्य आवश्यकः भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ तथा भबिष्यमा हुने माहामारी बिरुद्ध विश्व समुदाय एक हुनुपर्ने बताएका छन् । जी सेभेन सम्मेलनमा प्रधानमन्त्री मोदीले कोभिड १९ लगायत भबिष्यमा हुने माहामारी बिरुद्ध विश्वको सहकार्य हुनुपर्ने जोड दिएका हुन् । बेलायतको कर्नवाल शहरमा भएको ४७ औँ जी सेभेन सम्मेलनमा प्रधानमन्त्री मोदीले वान अर्थ, वान हेल्थ अप्रोच लिएर यस्ता माहामारीहरु बिरुद्ध विश्व समुदाय एक हुनुपर्ने बताए ।
लोकतान्त्रीक तथा पारदर्शी समाजले यस्ता भबिष्यमा हुने माहामारी बिरुद्ध वान अर्थ, वान हेल्थको अप्रोच लिनुपर्ने प्रधानमन्त्री मोदीको आग्रह थियो । कोरोना माहामारी बिरुद्ध भारत सरकार, नागरिक समाज, उधोग क्षेत्रले लिएको कदम र योगदानबारे प्रधानमन्त्री मोदीले सम्मेलनमा जानकारी दिएका थिए ।
भारत र दक्षिण अफ्रिकाले कोभिड खोप उत्पादन, वितरण अनुमतिबारे विश्व व्यापार संगठनमा गरेको प्रस्ताबमाथि सहयोग गर्न प्रधानमन्त्री मोदीले जी सेभेन राष्ट्रहरुलाई आग्रह गरे । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि खोपको बिषयमा प्रधानमन्त्री मोदीको समर्थन गरे । सात ठुला आर्थिक मुलुकहरु अमेरिका, बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, ईटाली र जापानको सहकार्य जी सेभेन को सम्मेलनमा भारत तथा अष्ट्रेलिया पाहुना राष्ट्रको रुपमा सहभागी थिए । स्रोतः हिन्दुस्तान टाईम्स
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, #माहामारी बिरुद्ध विश्व समुदाय
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्