कोभिड १९ जस्ता माहामारीबिरुद्ध विश्वको सहकार्य आवश्यकः भारतीय प्रधानमन्त्री मोदी
नयाँ दिल्ली, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ तथा भबिष्यमा हुने माहामारी बिरुद्ध विश्व समुदाय एक हुनुपर्ने बताएका छन् । जी सेभेन सम्मेलनमा प्रधानमन्त्री मोदीले कोभिड १९ लगायत भबिष्यमा हुने माहामारी बिरुद्ध विश्वको सहकार्य हुनुपर्ने जोड दिएका हुन् । बेलायतको कर्नवाल शहरमा भएको ४७ औँ जी सेभेन सम्मेलनमा प्रधानमन्त्री मोदीले वान अर्थ, वान हेल्थ अप्रोच लिएर यस्ता माहामारीहरु बिरुद्ध विश्व समुदाय एक हुनुपर्ने बताए ।
लोकतान्त्रीक तथा पारदर्शी समाजले यस्ता भबिष्यमा हुने माहामारी बिरुद्ध वान अर्थ, वान हेल्थको अप्रोच लिनुपर्ने प्रधानमन्त्री मोदीको आग्रह थियो । कोरोना माहामारी बिरुद्ध भारत सरकार, नागरिक समाज, उधोग क्षेत्रले लिएको कदम र योगदानबारे प्रधानमन्त्री मोदीले सम्मेलनमा जानकारी दिएका थिए ।
भारत र दक्षिण अफ्रिकाले कोभिड खोप उत्पादन, वितरण अनुमतिबारे विश्व व्यापार संगठनमा गरेको प्रस्ताबमाथि सहयोग गर्न प्रधानमन्त्री मोदीले जी सेभेन राष्ट्रहरुलाई आग्रह गरे । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि खोपको बिषयमा प्रधानमन्त्री मोदीको समर्थन गरे । सात ठुला आर्थिक मुलुकहरु अमेरिका, बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, ईटाली र जापानको सहकार्य जी सेभेन को सम्मेलनमा भारत तथा अष्ट्रेलिया पाहुना राष्ट्रको रुपमा सहभागी थिए । स्रोतः हिन्दुस्तान टाईम्स
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, #माहामारी बिरुद्ध विश्व समुदाय
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्