Techie IT
  • २२ मंसीर २०७८, बुधबार
KhojPatrika

भारतीय विदेशमन्त्री एस जयशंकर र केन्याली समकक्षीबीच भेटवार्ता


नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले केन्या सकमक्षी रेसेल ओमामोसँग भेटवार्ता गरेका छन् । केन्याको तीन दिने भ्रमणमा गएका विदेशमन्त्री जयशंकरले केन्या समकक्षीसँग द्धिपक्षीय सहकार्य तथा क्षेत्रीय र ग्लोबल बिषयहरुमा छलफल गरेका हुन् ।

केन्या समकक्षी ओमामोसँगको भेटवार्तामा द्धिपक्षीय सबन्धबारे परिणाममुलक छलफल भएको जयशंकरले बताएका छन् ।  भारत र केन्या दुबै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्य राष्ट्र भएको हिसाबले क्षेत्रीय तथा ग्लोबल बिषयमा छलफल भएको सामाजिक सञ्जाल ट्विइटर मार्फत जयशंकरले जानकारी गराएका छन् ।

केन्या समकक्षीको साथमा विदेशमन्त्री जयशंकरको अध्यक्षतामा हुने भारत केन्या संयुक्त आयोगको आगामी तेस्रो बैठकमा द्धिपक्षीय सम्बन्धबारे समीक्षा हुने बताईएको छ । विदेशमन्त्री जयशंकरले भारत केन्या सम्बन्धबारे अन्य केन्याका मन्त्रीहरुसँग पनि भेटवार्ता गरेका छन् । स्रोतः हिन्दुस्तान टाईम्स

 


क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #विदेशमन्त्री एस जयशंकर

तपाईको कमेन्ट लेख्नुहोस्