मलाला युसुफजाईको बिवाहबारे टिप्पणी बिरुद्ध पाकिस्तानमा आलोचना
एजेन्सी । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ । भोग पत्रिकामा दिएको एक अन्तर्वातामा बिवाहबारे मलालाको टिप्पणीले धार्मिक कट्टरवादी मुलुक पाकिस्तानमा तरंग पैदा भएको छ । अन्तर्वातामा बिबाहबारे सोधेको प्रश्नमा मलालाले बिवाहको बन्धनमा बाँधिन पर्ने किन बाध्यता हुन्छ भनेर प्रतिप्रश्न गरेकी थिईन् ।
बिवाहको बन्धनमा हस्ताक्षर नगरेर कोही व्याक्तिसँग साझेदारीमा किन बस्न सकिँदैन भनेर मलालाले टिप्पणी गरेपछि पाकिस्तानमा आलोचना भएको हो । धार्मिक मुलुक पाकिस्तानमा २५ बर्ष भन्दा बढी उमेरका करिब ८६ प्रतिशत महिलाहरु विवाहित भइसकेका हुन्छन् । पाकिस्तानको खैबर पख्तुन्खवा प्रान्तमा एक धार्मिक नेताले मलालाको टिप्पणीपछि उनीमाथि हिंसात्मक आक्रमण गर्ने धम्की दिएपछि पक्राउ परेका छन् ।
पाकिस्तानमा बिवाहको असमान मान्यता बिरुद्ध आवाज उठाउँदा परम्परा बिरोधी तथा पश्चिमीकरणको संज्ञा दिईने साराह खानले द वासिंगटन पोष्टमा टिप्पणी गरेकी छन् । नोबेल पुरस्कारले सम्मानित मलाला पाकिस्तानमा महिला शिक्षा अधिकारको वकालत गर्दै आएकी छन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #मलाला युसुफजाई
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्