जी सेभेन सम्मेलनमा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताबारेको संयुक्त विज्ञप्तीमा भारतले गर्यो हस्ताक्षर
नयाँ दिल्ली । जी सेभेन सम्मेलनमा इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नेबारे संयुक्त विज्ञप्तीमा भारतले हस्ताक्षर गरेको छ ।
यो बर्षको जी सेभेन सम्मेलनमा लोकतन्त्रको रक्षाका लागि अभिव्याक्ति स्वतन्त्रता अपरिहार्य बताउँदै इन्टरनेट माध्यमहरुमा अभिव्याक्ति स्वतन्त्रता सुनिश्चित गर्नेबारे जारी गरेको संयुक्त विज्ञप्तीमा भारतले पनि हस्ताक्षर गरेको हो ।
ठुला अर्थतन्त्र भएका सात राष्ट्रहरुको सहकार्य समुह जी सेभेनको ४७ औँ सम्मेलन यहि जुन ११ देखि १३ मा बेलायतको कर्नवाल शहरमा सम्पन्न भएको हो । बेलायतको अध्यक्षतामा आयोजित जी सेभेन सम्मेलनमा लोकतन्त्रको रक्षाका लागि अभिव्याक्ति स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गरिएको छ । इन्टरनेट माध्यमहरुमा अभिव्याक्ति स्वतन्त्रता सुनिश्चित हुनु पर्ने र यसले त्रास र दमनमुक्त वातावरण सिर्जना गर्ने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीले कतिपय इन्टरनेट माध्यमहरुमा अभिव्याक्ति स्वतन्त्रतामा अंकुस लगाउने जस्ता राजनीतिक रुपमा अभिप्रेरित कार्यलाई संकेत गरेको छ । प्रधानमन्त्री मोदीले साइबर क्षेत्रमा लोकतान्त्रीक मुल्य मान्यता सुरक्षित हुनुपर्ने जोड दिएका छन् । संयुक्त विज्ञप्तीमा जी सेभेन सदस्य राष्ट्रहरु बेलायत, अमेरिका, जापान, फ्रान्स, जर्मनी, इटाली र क्यानडा र पाहुना राष्ट्रहरु भारत, अस्ट्रेलिया, दक्षिण कोरिया र दक्षिण अफ्रिकाले हस्ताक्षर गरेका छन् । यो विज्ञप्तीलाई बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले डेमोक्रेसिज इलेभेन को संज्ञा दिएका छन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #जी सेभेन सम्मेलन
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्