चिनियाँ कम्युनिष्ट पार्टीको ट्वीटरमा आलोचना गरेपछि चिनियाँ व्यंग्यकार जेल चलान
एजेन्सी । मध्य चिनियाँ प्रान्त हेनानको एक अदालतले चीनका प्रभावशाली अनलाईनकर्मी तथा कलाकार चेन शाओतियनको जेल सजाँय घटाएर १४ महिना बनाइदिएको थियो। शाओतियनले ट्विटरमा सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत नागरिकको जीवन कठीन रहेको भन्दै टिप्पणी गरेका थिए।
उनलाई पार्टीको आलोचना गरेको भन्दै हेनानको फुगौ काउन्टी पीपुल्स कोर्टले १ बर्ष २ महिनाको जेल सजाय सुनाएको थियो। उनलाई ५० भन्दा बढी ट्विट गरी चिनियाँ प्रणालीमा हमला गरी राज्यका कर्मचारीलाई अपमान गरेको, चीनको राष्ट्रिय छविलाई गम्भीर क्षति पुर्याएको, राष्ट्रिय हितलाई खतरामा पारेको तथा सार्वजनिक स्थानमा अस्थिरता पैदा गरेको लगायत आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको सञ्चार माध्यमले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #मध्य चिनियाँ प्रान्त
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्