भारतीय सेनामा नेपाली महिलालाई जागिरको अवसर
काठमाडौं । अब नेपाली महिलाहरुले समेत भारतीय सेनामा जागिर पाउने भएका छन् । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने जानकारी दिएको हो । भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेबसाइट भारतीय सेनाको वेबसाइटमा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
भर्ना हुन चाहनेहरुका लागि आगामी जुलाई २० तारिखसम्म आवेदन दिने हदम्याद राखिएको छ । आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । सन् २००० देखि २००४ सम्म जन्मिएको हुनुपर्ने उल्लेख छ । शहीद परिवारका सदस्यबाट भने ३० वर्षसम्मकाले आवेदन दिन पाउनेछन् । कक्षा १० पास गरेको र प्रत्येक विषयमा ३३ प्रतिशत मार्क्स र जम्मा ४५ प्रतिशत ल्याएको हुनुपर्ने योग्यता तोकिएको छ ।
अम्बाला, जबलपुर, बेल्गाम, पुने, लखनाउ, शिलोङबाट भर्ना खुल्ने उल्लेख गरिएको छ । अनलाईनबाट प्राप्त हुने प्रवेश कार्डमा छनोटको मिति र स्थान जानकारी गराइएको छ । शारीरिकको हकमा १६ सय मिटर दौड, ८ मिनेट लङजम्प, १० फिट हाइजम्प आवश्यक पर्ने उल्लेख छ । यी सबै प्रक्रिया पुरा गर्नुअघि सबैको प्रवेश परीक्षाका रुपमा लिखित परीक्षा लिइने जानकारी दिइएको छ । अविवाहितको प्रमाणपत्र पनि पेस गर्नुपर्ने बताइएको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #नेपाली महिला, #भारतीय सेनामा जागि
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्