१४ हजार ६ सय परिक्षण गर्दा ६ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार १४ हजार १ सय ८२ पीसीआर र ६ हजार ६ सय ३१ जनाको एन्टीजेन परीक्षण हुदा काठमाडौ उपत्यकामा एक हजार जना सहित ६ हजार ६ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ८ सय ९७, भक्तपुरमा १ सय ८८ र ललितपुरमा २ सय ९९ जनालाई संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा संक्रमितको संख्या५ लाख ९३ हजार १ सय ६२ पुगेको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाअनुसार आज १ सय १ जना मृतक थपिएका छन् । हालसम्म नेपालमा कोरोनाका कारण ७ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ । शुक्रबार ८ हजार ६ सय ६३ निको भएका छन् । अहिले संक्रमण पश्चात निको हुनेदर करिब ८२ प्रतिशत पुगेको छ । अहिलेसम्म४ लाख ७६ हजार १३० निको भएका छन् ।
अहिले ९७हजार ६ सय९९ जना आइसोलेसनमा छन् । बैसाख २९ गते संmक्रिय संक्रमितको संख्या १ लाख नाघेको थियो । २३ दिन पछि नेपालमा निको हुनेको दर बढ्दै जादा संक्रिय संक्रमितको संख्या एक लाख भन्दा कम भएको हो । शुक्रबार ९० हजार ८ सय ९२ जना होमआइसोलेसन र ६ हजार ८ सय ७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
अहिले देशभरका अस्पतालको आइसियुमा १ हजार ४ सय २२ र ४ सय ४ जनाको भेन्टिलेटरमा उपचारत रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो, चौथो लहर पनि आउन सक्ने भन्दै सबै अस्पतालहरुलाई बालबालिकाका लागि बेड छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सुचना जारी गरी सबै अस्पतालहरुलाई स्वीकृत शैयाको कम्तिमा २०% शैया कोभिड संक्रमित बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना, #संक्रमण पुष्टि
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्