१४ हजार ६ सय परिक्षण गर्दा ६ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार १४ हजार १ सय ८२ पीसीआर र ६ हजार ६ सय ३१ जनाको एन्टीजेन परीक्षण हुदा काठमाडौ उपत्यकामा एक हजार जना सहित ६ हजार ६ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ८ सय ९७, भक्तपुरमा १ सय ८८ र ललितपुरमा २ सय ९९ जनालाई संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा संक्रमितको संख्या५ लाख ९३ हजार १ सय ६२ पुगेको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाअनुसार आज १ सय १ जना मृतक थपिएका छन् । हालसम्म नेपालमा कोरोनाका कारण ७ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ । शुक्रबार ८ हजार ६ सय ६३ निको भएका छन् । अहिले संक्रमण पश्चात निको हुनेदर करिब ८२ प्रतिशत पुगेको छ । अहिलेसम्म४ लाख ७६ हजार १३० निको भएका छन् ।
अहिले ९७हजार ६ सय९९ जना आइसोलेसनमा छन् । बैसाख २९ गते संmक्रिय संक्रमितको संख्या १ लाख नाघेको थियो । २३ दिन पछि नेपालमा निको हुनेको दर बढ्दै जादा संक्रिय संक्रमितको संख्या एक लाख भन्दा कम भएको हो । शुक्रबार ९० हजार ८ सय ९२ जना होमआइसोलेसन र ६ हजार ८ सय ७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
अहिले देशभरका अस्पतालको आइसियुमा १ हजार ४ सय २२ र ४ सय ४ जनाको भेन्टिलेटरमा उपचारत रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो, चौथो लहर पनि आउन सक्ने भन्दै सबै अस्पतालहरुलाई बालबालिकाका लागि बेड छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सुचना जारी गरी सबै अस्पतालहरुलाई स्वीकृत शैयाको कम्तिमा २०% शैया कोभिड संक्रमित बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना, #संक्रमण पुष्टि
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्