४० जना चलचित्र प्राविधिकले पाए एक महिनालाई पुग्ने खाद्यान्न
काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले कोरोनाको दोश्रो लहरको निषेधाज्ञाबाट प्रभावित भएका चलचित्र प्राविधिकहरुलाई रहत वितरण गरेको छ । प्राविधिक संघकी कोषाध्यक्ष गीता पौडेल र मेकअप आर्टिस्ट समेत रहेका अभियन्ता अमृत मरहठ्ठाको पहलमा ४० जना प्राविधिकहरुलाई राहत वितरण गरिएको हो ।

राहत वितरणमा चर्चित मोडल स्मिता थापा, चलचित्र निर्माता रेशम सापकोटा लगायतकाका चलचित्रकर्मीहरुको सहभागिता रहेको थियो । निषेधाज्ञामा घरभित्रै रहेका प्राविधिक कर्मचारिहरुको जीवन यापनमा कुनै समस्या नहोस भन्ने उद्देश्यले घरघरमै पुगेर घरदौलो कार्यक्रम जसरी राहत बाढिएको थियो । राहत स्वरुप एक बोरा चामल, दुई लिटर तेल, एक किलो दाल, एक किलो चिनी, एक किलो चना, एक किलो चिउरा र एक प्याकेट चियापत्ति पाएसँगै चलचित्र प्राविधिकहरु खुसी भएका छन् ।

बन्दाबन्दीबाट समस्यामा परेका चलचित्रकर्मी तथा प्राविधिकका लागि आवश्यकता अनुसार राहतको कार्यक्रम जारी राखिने नेपाल चलचित्र प्राविधिक संघले जानकारी दिएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #निषेधाज्ञा, #नेपाल चलचित्र प्राविधिक संघ
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्