तोलामा ७ सयले घट्यो सुन
काठमाडौं । बुधबार सुनको मूल्य सात सय रुपैयाँले घटेको छ । मंगलबार ९४ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज ९३ हजार ४ सय कायम भएको हो। यसअघि मंगलबार एकैदिन तोलामा १५ सय रुपैयाँले वृद्धि भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा सात सयले घटेको हो । मंगलबार तेजाबी सुन तोलामा ९३ हजार ६ सय ५० मा कारोबार भएको थियो। आज ९२ हजार ९ सय ५० तोकिएको छ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार एक हजार २ सय ३५ मा कारोबार भएको चाँदी आज एक हजार २ सय १५ मा कारोबार भइरहेको छ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सुनको मूल्य
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्