Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

कोरोना महामारीमा प्रदेश सांसद सञ्जेल र वडाध्यक्ष बिष्टको चर्तिकला


काठमाडौं । देश कोरोना महामारीका कारण ७ महिनादेखि ठप्प छ । बिभिन्न जिल्लामा कतै निषेधाज्ञा त कतै लकडाउन अझै पनि जारी छ । दैनिक कोरोना संक्रमित थपिने र मृत्युदर पनि बढिरहेको छ । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा भदौ ४ गतेदेखि लागू भयो । दैनिक मजदुरी गरी साँझ र विहानको छाक टार्न समेत कठिनाई भयो ।

साँझ बिहान छाक टार्न गाह्रो भएका सर्वसाधारणका लागि केही राहात गराउने उद्देश्यले ललितपुरमा ‘फुड बैंक’ कार्यक्रम सञ्चालन गरियो । तर, सामाजिक दुरी कायम नगरी भिडभाड गरिएको भन्दै राजनीतिक आडमा बन्द गराइपछि सर्वसाधारण थप मर्कामा परे । सहयोगी कार्यक्रम समेत बन्द गराउन स्थानीय प्रशासनसँग मिलेर प्रदेश सांसद चेतनाथ सञ्जेलले बन्द गराएको खुलेको छ ।

चापागाउँमा करिब दुई साता अघि ज्यावादारी गरी जिविकोपार्जन गर्ने निम्न वर्गलाई लक्षित गरी दुई छाक पुग्ने खाद्यान्न वितरण गरेको ‘फुड बैंक’ कार्यक्रमलाई सांसद सञ्जेलले प्रशासनलाई दवाव दिई बन्द गराएको खुलेको हो । तर, तिनै सञ्जेल भदौं ६ गते भने गोदावरी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दर्शन विष्ट सहित एक जन्मदिनको पाटीमा रमाई रहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा बाहिरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले जन्मोत्सवमा भएको भिडभाडले सामाजिक दुरी कायम गर्नु पर्दैन भन्दै प्रश्न उठाएका छन् ।

चापागाउँस्थित सांसद सञ्जेलका कार्यकर्ता राज दुलालको जन्मोत्सव मनाउने कार्यक्रममा करिब चार दर्जनको भिडभाडमा जुठो केक खाँदै मनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी बिरोध भइरहेको छ । एकातिर निषेधाज्ञा र अर्कोतिर पाहुँना जान र बोलाउन नपाइने सरकारले बनाएको मापदण्डको प्रदेश सांसद सञ्जेल र वडाध्यक्ष बिष्टले धज्जी उडाइरहेका छन् । उनीहरु जन्मोत्सव पाटीमा रमाइरहँदा भोकै बसेका, साँझ र बिहानको छाक टार्न गाह्रो भएको सर्वसाधारणबारे भने कुनै चासो देखाएका छैनन् ।
भिडियो हेर्नुहोस्


क्याटेगोरी : जनगुनासो, जनप्रतिनिधि, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कोरोना महामारी, #प्रदेश सांसद चेतनाथ सञ्जेल, #वडा अध्यक्ष दर्शन विष्ट, #सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्