फेरि बढ्यो सुनको मुल्य, प्रतितोला १ लाख ३ हजार ५ सय पुग्यो
काठमाडौं । करिब तीन सातादेखि लगातार बढिरहेको सुनको मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजोको तुलनामा यो मूल्य एक हजार रुपैयाँ बढी हो । बिहीबार छापावाल सुनको मूल्य एक लाख दुई हजार ५ सय रुपैयाँ तोकिएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साउन ७ गतेयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ । उक्त दिन छापावाल सुन तोलाको एक हजार ३ सय रुपैयाँ बढेर ९४ हजार पुगेको थियो । त्यस यता आठ हजार ८ सय रुपैयाँ बढिसकेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, समाचार
ट्याग : #छापावाल सुन, #सुनचाँदी व्यवसायी महासंघ
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्